धनुषामा रक्सी खाएर तिब्र गतिमा मोटरसाइकल चलाउने २२ वर्षीय युवकको ज्यान गयो

जनकपुरधाम : धनुषामा रक्सी खाएर तिब्र गतिमा मोटरसाइकल चलाउने एक युवकको ज्यान गएको छ ।

बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बटेश्वर प्रहरी चौकीका अनुसार आइतवार राति तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै उनको ज्यान गएको हो ।

आइतबार राति ११ बजे बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्रममा आँफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

आलेले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउदा दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
संबन्धित समाचार