प्रदेश २ : खाल्डोमा डुबेर फेरि एक जनाको ज्यान गयो
जनकपुरधाम : ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।
बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको डुबेर मृत्यु भएको हो ।
लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले बताए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















