वीरगञ्ज : पर्साको बहुदरमाइ नगरपालिकामा एक जना वृद्धको माछा पोखरीमा डुबेर मृत्युु भएको छ ।

मृत्यु हुनेमा बहुदरमाइ नगरपालिका वडा नम्बर ६ गम्हरिया बस्ने बर्ष ६५ को नगिना साह कानु रहेका छन् ।

प्रहरीचौकी महुवनका प्रहरी सहायक निरिक्षक अवधलाल साहका अनुसार गएराती दिशा गर्न गएका बेला उनको माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानिय रामनरेस साहको माछा पोखरीमा अवेरराति दिशा गर्न गएका उनि फर्केर नआएपछि उनलाई खोज्न जाँदा पोखरीमा उनको शव बरामद भएको थियो ।

प्रहरी घटना स्थलमा मुचुल्का गरि लाशको पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको प्रहरी सहायक निरिक्षक साहले बताए ।