प्रदेश २ : हाँस खोज्न हिडेकी बालिका मृत भेटिन,यसरी ज्यान गयो

सिरहा : सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका ३ का राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितुकुमारी शर्माको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

हराएको हाँस खोजी गर्न गएकी बालिका धेरैबेरसम्म् घर नआएपछि आमा र स्थानीयले खोजी गर्दै जाँदा नजिकै खाल्डोमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।

बालिकालाई उपचारको लागि स्वास्थ्य चौकी बरियारपट्टी पुर्याइएपनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार