प्रदेश २ : ड्युटी गरेर घर फर्किदै गरेका असई रमेश राउतको ट्रकको ठक्करबाट मृत्यु

कलैया : सवारी दुर्घटनमा परि बारामा एकजना प्रहरी सहाकय निरिक्षकको ज्यान गएको छ ।

बुधबार राति महागढी नगरपालिका–२ स्थित भुतही पुल नजिक प्रदेश २–०३–००१ ख.७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपु

रमा कार्यरत प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहट सन्तपुर स्थित प्रहरी कार्यालयबाट बुधबार राति मोटरसाइकलमा आफ्नो घर फर्किंदै गरेका बेला राउत सवार रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।

मृतकको शव, पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

प्रतिक्रिया
संबन्धित समाचार