कपिलबस्तुको चौतर्फी विकासमा जोड दिनेः मन्त्रि यादव
कपिलबस्तु, भाद्र २०
लुम्बिनी प्रदेश कपिलबस्तु लगायतका जिल्लाहहरुमा हुने नदी कटान तथा डुवानको समस्यालाई समाधान गर्ने योजनाहरु अग्रस्थानमा राखेको लुम्बिनी प्रदेशका भौतिक योजना तथा पुर्बाधार मन्त्री सहस राम यादवले बताउनु भएको छ । जनता समाजवादी पार्टी नेपालको वाडा कमिटी चेतरदेईले राखेको स्वागत सम्मान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उनले कपिलवस्तुको बिकासको लागि आफ्न मन्त्रालय मार्फत उत्तर दख्खिन र पालिकाको केन्द्र जोड्ने मार्ग निर्माण गर्ने बताए । समाजबादको मुल्य मान्यता लाई लिएर पार्टी अगाडी बढीरहेको कुरा मन्त्री यादवले बातएका थिए । साथै नागरिकबाट उठेका कृषिमा आधुनिकीकरणको बिषयलाई लिएर आफुले कृषि मन्त्रालय संग सहकार्य गरि तरकारीको लागी कपिलवस्तुको धनकौली, निग्लिहवा र मुरउवन डिहवा लगायतको क्षेत्र लाई प्राथमिक्तामा राखेको बताए ।
कार्यक्रममा बोल्देै नेताहरुले जनता समाजबादी पार्टी नेपालले गठबन्धनको सरकार पाएको छ । गठबन्धनको सरकार भएको नाताले सम्बन्ध , सहमती र सहकार्यको अधारमा अगाडी बडने र प्रदेशको समग्र बिकासमा जोड दिने बताएका थिए ।
बुद्धभमीु नगरपालिका वार्ड नं. १० को जनता समाजबादी पार्टी नेपालले लुम्बिनी प्रदेशका भौतीक योजना तथा पुर्बाधार बिकास मन्त्री शहस राम यादव र बिना बिभागिय मन्त्री सुमन शर्मा रायमाझी लगायत , प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव , मायादेबी गाउँ पालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतका नेताहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जनता समाजबादी पार्टी नेपालको वाडा कमिटीले चेतरदेईमा गरेको कार्यक्रम सहाबुद्धिन मुसलमानको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जसपका केन्द्रिय सदस्य नरायण खनाल, प्रदेश उपाध्यक्ष डाक्टर अब्दुल रसिद खाँ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला स्तरिय नेता कार्यक्रर्ता र सुभचिन्तक गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो ।


















