बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल दुर्घटना, चालकको ज्यान गयो
काठमाण्डाै – काठमाण्डौको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
हिजो बेलुका तारकेश्वर नगरपालिका-७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक तारकेश्वर-८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा ज्यान गएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















