संजय कुशवाहा                                                नवलपरासी २९ माघ । नवलपरासी पश्चिम प्रतापपुर गाऊँपालिका वडा न. ६ गुठी परसौनी नाकाबाट शसस्त्र प्रहरीले ३ जनालाई आशंकामा नियन्त्रण गरेको छ।
नेपालबाट भारत तर्फ जादै गरेको अवस्थामा सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलको नेत्तृत्वमा झुलनीपुर नाकामा खटिएको टोलीले शंका लागि सोधपुछको क्रममा एक जना पुरूष र दुई जना महिलालाई नियन्त्रण गरेको हो ।

नियन्त्रणमा परेका सुस्ता गाउँपालिका वडा न. ५ बस्ने १९ बर्षिय बिनोद वि.कले झुलनिपुर नाकाको प्रयोग गरी आफ्नो साथमा मोरङ्ग उर्लाबारी नगरपालिका वडा न.३ बस्ने वर्ष २६ की र जिल्ला दोलखा पिकु गाउँपालिका वडा न. १ बस्ने वर्ष २७ की युवतीहरुलाई भारत तर्फ लगिदै गरेको अवस्थामा वि.कलाई पक्राउ गरी दुई युवतीलाई उद्धार गरिएको छ ।

उक्त ब्यक्तिहरूलाई आशंकामा नियन्त्रण लिई थप अनुसन्धान तथा आबस्यक व्यवस्थापनको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको तथा माइती नेपाल सँग आबस्यक समन्वय गरीएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो ।