कांग्रेस नेता स्व गिरिको स्मृतिमा कांग्रेसद्धारा श्रद्धाञ्जलि कार्यक्रम
कपिलवस्तु १६ भदौ
कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा कपिलवस्तुको तौलिहवामा श्रद्धाञ्जलि कार्यक्रम गरिएको छ । स्व गिरिको स्मृतिमा कांग्रेस कपिललस्तुले तौलिहवा स्थित आफनो पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरेको हो । सो अवसरमा गिरीको जीवनीमाथी प्रकाश पारिएको थियो ।
स्वच्छ छबी र प्रखर र स्पष्ट बक्ताकारुमा रहेक गिरीले पार्टीलाई जीवन्त राख्ने काम गर्दै आएको बक्ताहरुले बताएका छन । सो अवसरमा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्यले भौतिक शरीर हामीमाझ नरहे पनि गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढनु पर्ने बताए ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहेको थियो । पार्टीका जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा पार्टी उप सभापति हुमाकान्त खनाल, प्रदेश सदस्य प्रेमलता भट्ट, सचिव प्रेम बहादुर रायमाझी, पार्टीका पुर्व उपाध्यक्ष रामआषिष पाण्डेय, गिरीजेश कुमार पाण्डेय माहोम्मद वजी, प्रकाश घिमिरे लगायतले मन्तब्य दिएका थिए ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।



















