संघीयताको लाभ जनतालाई दिलाउन प्रतिबद्ध छुः कनौडिया
कपिलवस्तु जिल्लाले संघीयताको पुर्ण रुपमा लाभ लिने गरी आँफुले काम गर्न चाहेकाले चुनावमा वीजयी गराउन नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले अपील गरिरहेका छन् ।
‘शक्तिको निक्षेपीकरण,पहिचान र सहभागिता सहित समतामूलक विकासका लागी संघीयता’ विषयलाई कार्यान्वयन गर्न यो पटक कपिलवस्तुमा सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई वीजयी गराउनु पर्ने आवश्यकता रहेको क्षेत्र नं.३(२)का उम्मेद्वार वीरेन्द्र कुमार कनौडियाको भनाई छ ।
कृष्णनगरमा बुधबार घर दैलो तथा भेटघाट कार्यक्रममा रहेका उम्मेद्वार कनौडियाले नेपाली कांग्रेसको सकंल्प पत्रमा उल्लेखित यी विषयलाई जनता माझ लिएर आँफुले मत मगिरहेको बताएका छन् ।
आप्mनो क्षेत्रका मतदाता माझ मत माग्न पुगीरहेका कनोडियाले तीन तहको अन्तर सम्बन्ध सहकारिता,सह अस्तित्व र समन्वयको सिद्धान्तका आधारमा राज्य सञ्चालन गर्न कांग्रेस नेतृत्वको गठबन्धलाई मत दिन अपील गरिरहेका छन् ।
यहाँको उब्जाउ जमिनमा सिंचाईको उचित ब्यवस्थापन गर्दै कृषी क्षेत्रको आधुनिकिकरण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ काम गर्ने उम्मेद्वार कनौडियाको लक्ष्य रहेको छ ।
बजार तथा गाउँ वस्तिमा स्वच्छ खाने पानी र स्वास्थ्य संस्थाहरुलाई समयानुकुल ब्यवस्थि तगर्ने तर्फ आप्mनो ध्यान रहेको क्षेत्र नं.३(२)का प्रदेश सभाका उम्मेद्वार कनौडिया बताउँछन् । युवाहरुलाई स्वरोजगारमुखी शिक्षा र तालिम उपलब्ध गराउन आँफु प्रदेश स्तरमा समन्वय गर्न लागी परेको उनको भनाई छ ।
शहर र गाउँबीच समान ब्यवहार गर्दै पूवार्धार विकास गर्न आँफुले सक्दो प्रयास गर्ने बताउादै कनौडियाले सार्वजनिक तथा निजी साझेदारीमा पुर्वाधार विकासका लागी पहलकदमी लिने मतदाताहरु समक्ष बताईरहेका छन् ।



















