कपिलबस्तु, फागुन १४ गते । कपिलबस्तु प्रहरीले १६ किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका ९ बिजगौरी बस्ने मेघराज घर्तिको घरमा लागु औषध चरेस लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो । प्रहरीले गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको संयुक्त रुपमा खटिएको टोली उक्त लागु औषध बरामद गरेको हो
टोलीले मेघराज घर्ती मगरको घरमा खान तलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको अवस्थामा १६ किलो लागु औषध बरामद गरिएको प्रहरी नायब उपरिक्षक घलेले बताउनुभयो । घर्तीमगरलाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले चालु आर्थिक बर्षको हाल सम्म ब्राउन सुगर १९९ ग्राम ९१८ मिलिग्राम, चरेश २१ किलो ७७९ ग्राम, अफिम १५ किलो ५६० ग्राम, नाईट्राभेट ३१३ ट्याब्लेट, स्पास्मो १६४ क्यापसुल, गाजा ६६२ ग्राम र विइन्डलास एक सय एम एल बरामद गरिएको प्रहरी नायब उपरिक्षक घलेले बताउनुभयो । उक्त घटनाहरुमा संलग्न ५० जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।