चेल्सी र बेन्फिका च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश

काठमाण्डौ – चेल्सी र बेन्फिका च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० गोलले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजासहित अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलमा चेल्सीका रहिम स्टर्लिङ र काइ हभाट्जले गोल गरे ।

अर्को खेलमा बेन्फिाकाले दोस्रो लेगमा क्लब ब्रुग्समाथि ५–१ गोलको फराकिलो जित निकालेको छ ।

उसले पहिलो लेगमा २–० को अग्रता कायम गरेको थियो । समग्रमा ७–१ को नतिजासहित बेन्फिका अन्तिम ८ मा पुगेको हो ।

प्रतिक्रिया
संबन्धित समाचार