कपिलवस्तुमा गोली प्रहार गरी किराना ब्यापारीसंग १७ लाख बढी लुटपाट
कपिलवस्तुको मायादेबी गाउपालिकाको पकडी चाकर चौडा सडक अन्र्गत बिजुवा पुल नजिकै अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी एक किराना ब्यापारीको १७ लाख बढी लुटपाट गरी फरार भएका छन।
मायादेबी गाउपालिका– १ पकडीका किराना ब्यापारी रमेश अग्रहरीले चाकरचौडा स्थित आफनो राजीव किराना एन्ड जनरल स्टोर्सबाट गाडीमा फर्कनेक्रममा ४ वटा मोटरसाईलमा आएका अपराधिक समुहले गोली प्रहार गरी १७ लाख बढी रकम लुटेर लगेका हुन।
बिहीवार राति ८ बजेतिर लु ३ ख ६३१ नम्बरको फोर्स गाडीबाट फर्कनेक्रममा बिजुवा पुल नजिकै २ वटा गोली प्रहार भएको ब्यापारी अग्रहरीले बताए।गोली गाडीको बाेनटमा लागेको थियो।अपराधिक समुहले गोली प्रहार गरी गाडी रोकाएका थिए । ४ वटा मोटरसाईलक मध्ये दुई वटामा दुई दुई जना र दुई वटा मोटरसाईलमा एक एक जना सवार थिए।
अपराधिक समुह घटना पछि भारत तर्फ लागेका थिए।घटना बारे जानकारी गराए पछि प्रहरी उपरिक्षक प्रेम बस्नेत र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतको टोली घटना स्थल पुगको थियो।सुरक्षाकर्मीको टोलीले घटना स्थलको निरीक्षण समेत गरेको थियो।प्रहरी उपरिक्षक बस्नेतलले लुटेराहरुको खोजी र सो रकम सहीत घटना अनुसंधान गरीरहेको बताए।घटना कै बिषयमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीको अगुवाईमा अनुसंधान टोली समेत गठन गरिएको छ । गाडी चालकलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरिएको छ । ३ महिना अघि समेत चाकरचौडामा एक ब्यापारीमाथी गोली प्रहार भएको थियो।पटक पकट को घटनाले चाकरचौडा क्षेत्र असुरक्षित बनेको त्यस क्षेत्रका ब्यापारीहरु बताउछन । उनीहरुले सुरक्षा स्थिति बजबुदत बनाई अपराधिक समुहलाई तत्कालै पक्राउ गर्न समेत माग गरे । प्रहरी उपरिक्षक बस्नेतले सिमावर्तीै क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा गरिएको बताए।























