नेपाली रमजान उपवासीलाई इफ्तार सामग्री वितरण
श्हबाज खान
कपिलवस्तु । नेपालका लागि साउदी अरबका राजदूत साद बिन नासेर अबुहैमेदले इफ्तार सामग्री वितरण गरेका छन् । साउदीका राजा सलमान बिन अब्दुल अजीज अल साउदले इफ्तार सामग्री वितरण कार्यक्रमको उद्घाटन गरिएको जनाइएको छ ।
रमजानको अवसरमा खाजा र ५ टन खजुरहरु उपवास बस्नेहरुलाई वितरण गरिएको महामहिम राजदूत अबु अबुहैमेदले बताए । यसले इस्लाम र मुस्लिमहरूको सेवा गर्न र सबै मुस्लिमहरूलाई भलाइको लािग सहयोगी हात बन्ने विश्वास लिएको उनले बताए । विश्वका धेरै देशहरूमा साउदी अरबको मानवीय र इस्लामिक कार्यलाई बलियो बनाउने सन्देशलाई मूर्तरूप दिने उनको भनाइ छ ।
यस पवित्र महिना रमजानको अवसरमा दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुलअजीजबाट यो उपहार प्रस्तुत गरिएको उनले जानकारी दिए । यो इस्लाम र मुस्लिमहरूको सेवा गर्न र रमजानको महिनामा उनीहरूको आवश्यकतालाई पूरा गर्न इफ्तार सामग्री वितरण गरिएको जनाइएको छ ।
इफ्तार सामग्री वितरण कार्यक्रममा नेपाली उपवासीका लागि नेपालका इस्लामिक संघसंस्था तथा संस्थाका पदाधिकारी, परोपकारी संस्था, मस्जिदका पदाधिकारी, इस्लामिक मामिला मन्त्रालयको उपस्थितिमा रहेको थियो । शेख अब्द अल–लतिफ बिन अब्द अल–समद अल–कातेबले प्रतिनिधित्व गरेको कार्यक्रममा खजूरको उपहार र इफ्तार कार्यक्रमका लाभार्थीहरूले दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज र युवराज महामहिम मोहम्मद बिन सलमानलाई धन्यवाद दिँदै प्रशंसासमेत गरेका थिए ।























