पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको प्रर्वद्धन गर्न कार्यशाला
तौलिहवा, चैत १२ गते । कपिलबस्तु जिल्ला भित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरुको विश्व सामु चिनाउन ३ दिने राष्ट्रिय कला कार्यशाला र संस्कृतिक प्रबद्र्धन कार्यक्रम हुन लागेको छ । सिया आर्ट एण्ड क्राफ्टले कपिलबस्तुको तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । सो कार्यक्रम बुद्धले २९ वर्ष विताएको ठाँउ तिलौराकोट दरबारमा हुन लागेको हो ।
कुनै पनि जिल्लाको ऐतिहासिक सम्पदाहरको प्रर्बद्धन गर्न कलाकारहरुको महात्वपूर्ण भुमिका रहने गरेको क्रफ्टका अध्यक्ष बाल गोविन्द त्रिपाठीले बताउनुभयो । राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरमा आफ्नो देश र ठाँउका कला संस्कृतिलाई चित्रकलाको माध्यमबाट प्रर्दशन गरेको उहाँको भनाई छ । हजारौ बर्षको इतिहास बोकेको कपिलबस्तु जिल्लामा रहेका सम्पदाहरुको कुनै पनि ठाँउमा चित्रकलाहरु प्रर्दशनमा नदेखिएपछि यसको प्रचार प्रसारको लागि कला कार्यशाला गर्न लागेको त्रिपाठीले बताउनुभयो । चित्रकारहरुले चित्रकलाको माध्यमबाट पशुपतिनाथ, स्वायमभुनाथ, लुम्बिनी लगायतको चित्रहरु प्रर्दशन गरे पनि कपिलबस्तुको कुनै चित्रहरु नभेटाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “लुम्बिनीमा बुद्धले जन्म मात्र लिनु भयो त्यस ठाँउको चित्रहरु विभिन्न ठाँउमा हेर्न पाइन्छ तर कपिलबस्तुमा बुद्धले २९ वर्ष विताएको ठाँउको चित्रहरु नभेटाएको बताउनुभयो । ”
कार्यक्रममा राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरका २० जना कलाकारहरुको सहभागिता रहने छ । कार्यक्रम तिन दिन चल्ने छ भने पहिलो दिन कलाकारहरुलाई कपिलबस्तु जिल्लाको सम्पूर्ण पुरातत्विक स्थलहरुको भ्रमण र त्यसबारे जानकारी गराउने, दोस्रो दिन तिलौराकोट दरबारमा उहाँहरुले अवलोकन गरेको स्थलहरुको चित्रकलाबाट प्रर्दशन गर्नु हुने छ । तेस्रो दिन कार्यक्रमको समापन गरिने छ ।
राष्ट्रिय कला कार्यशाला र संस्कृतिक प्रबद्र्धन कार्यक्रम लातिल कला परिषदका उप कुलपति लाल काजि लामा, हस्तकला विभागका अध्यक्ष प्रदिप अधिकारी, कलाकारहरु वि के नर बहादुर, डि के बराल लगायत भारतिय कलाकारहरुको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष किरणमात्र बज्राचार्य, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी, सिया आर्ट एण्ड क्राफ्टका प्रबन्धक सचिव रवि शर्मा लगायत विभिन्न सञ्चारमाध्यमका प्रमुख एव्म प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।























