कपिलवस्तु २ बैशाख
मधेस मानव अधिकारको गृह (माहुरी होमको ) १५ औं स्थापना दिवस एवम् नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम तौलिहवामा संपन्न गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु प्रसाद पन्थीले कार्यक्रमको उदघाटन गर्दै पछि परेको कपिलवस्तुको एकीकृत विकासमा सबैले हातेमलो गर्नु पर्नेमा जोड दिए ।
उनले स्वास्थ्य शिक्षा भौतिक प्ुर्वाधार लगायत जिल्लाको एकीकृत विकासमा सबैले साथ दिनु पर्ने बताए । उनले चन्द्रौटामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण कार्य सुरु भएको भन्दै कपिलवस्तु अस्पताललाई सइ बेडको बनाउने गृह कार्य भईरहेको बताए । सो अवसरमा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले जिल्लाको पर्यटकनको विकासकालागि ठोस पहल गरिने बताए । उनले आफु मन्त्री भएको २ महिना सम्म कसैले पनि कुनै काम र प्रस्तावना समेत लिएर नआएको उनले गुनासो गरे । सो अवसरमा प्रदेश सदस्य सुधाकर पाण्डेयले जिल्लाको समग्र विकासमा सबैले जोड दिनु पर्ने बताए । उनले कपिलवस्तु अस्पतालमा महिला कर्मचारीमाथी भएको यौन हिन्साको घटना प्रति चासो ब्यक्त गर्दै घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरे । उनले स्वास्थ्य मन्त्री पन्थीलाई सो घटना बारे आफ्नो धारणा राख्न र तत्कालै कारबाहीको दायरामा राख्न आग्रह गरे । तर आफनो मन्तब्यमा मन्त्री पन्थीले सो घटना बारे कुनै प्रतिक्रिया दिएनन ।
शुद्धोधन गाउँ पालिका अध्यक्ष कमलेश सरण चौधरी, माननीय प्रदेश सांसद मधुशुदन सरण चौधरीले कपिलवस्तु विकास कोष गठनका लागि आफुहरुले पहल गर्ने बताए । सो अवसरमा चेम्बर अफ कमर्स कपिलवस्तु का अध्यक्ष महादेब पोखरे, देबेन्द्र सिंह शेसकला पाण्डेय सम्मानित समेत गएिको थियो ।
विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउँपालिकालाई बालविवाह अन्त किशोर किशोरीको शसक्तिकरण तथा महिला बालबालिकाको अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत दोशल्ला ओढाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।
सस्थाका अध्यक्ष प्रेमचन्द्र जैसवालको अध्यक्षता, रबि ठाकुरको संचालनमा राम दयाल ठाकुरमा स्वागतमा भएको कार्यक्रममा मानव अधिकार शान्ति समाजका उप सभापति पशुपति मणी त्रिपाठी, कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद अर्याल, प्रेस युनियनका सभापति गोपाल भण्डारी, नेपाल बारका पुर्व अध्यक्ष भोला बिश्वकर्मा, माहुरी होम का संस्थापक उपाध्यक्ष राम अचल यादव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सभापति किरनमान बज्राचार्य, एक्सन एड नेपालका शिक्षा तथा युवा बिग्य देबेन्द्र सिंहले शुभकामना व्यक्त दिएका थिए ।