गैरसरकारी संस्थाहरुको क्षमता अभबिृद्धिका लागि दुइदिने तालिम
सुकई कोहार
लुम्बिनी, १८ जेठ । प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभबिृद्धिका लागि दुइदिने तालिमको उद्घाटन भएको छ ।
लिडरशिप एकेडेमिक नेपाल (ला)ले दांंगको लमहीमा आयोजना गरेको सो तालिममा लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने १८ संघसंस्थाका २७ जनाको सहभागिता रहेको छ ।
लानका सहजकर्ता खडक रावलको संचालनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवम् शिक्षाविज्ञ उत्तम कुमार खनालले दियो बालेर सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सो अवसरमा लानका सिनियर प्रोग्राम म्यानेजर प्रभाकर प्रधानले दलित तथा आदिवासी जनजातीको पहिचान र अधिकारका क्षेत्रमा लुम्बिनी प्रदेशमा कार्यरत संघसंस्थाहरुको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका लानका सिनियर प्रोग्राम म्यानेजर प्रधानले दुइदिने तालिमका क्रममा सहभागीहरुमा प्रोजेक्ट प्लानिंग, इम्प्लीमेन्टेशन, फाइनेन्सियल मैनेजमेन्ट, नेतृत्व बिकास र वकालत क्षमतामा बृद्धिहुने विश्वास ब्यक्त गरे ।























