“स्थानीयतह सुतेको अवस्था छ, तपाइहरुले जगाउनुपर्ने बेला आएको छ” रबि ठाकुर
सुकई कोहार
लुम्बिनी, २०जेठ । पछाडि पारिएका समुदायको अधिकार रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने सामाजिक अभियानकर्ता रबि ठाकुरले बताएका छन् । , उनले लैङ्गिक समानता तथा सामाजिक समाबेशी नीति समेत बन्न नसकेको अवस्था र मानव अधिकार समिति गठन नभएको स्थानीयतहलाइ दबाब दिन आग्रह गरेका हुन ।
दाङ्गको लमहीमा आयोजित दलित तथा आदिबासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अल्पसंख्य अधिकार संरक्षण मंचका केन्द्रिय अध्यक्ष रबि ठाकुरले भने, “स्थानीयतह सुतेको अवस्था छ, तपाइहरुले जगाउनुपर्ने बेला आएको छ ।” उनले जनसंख्याको अनुपातमा बजेट बिनियोजन गर्न दबाब दिन आग्रह गरे ।
कार्यक्रममा सामाजिक अभियान्ता तथा दलित अधिकार मंचका निर्मल नेपालीले सम्बिधान कार्यान्वयन, जातीय भेदभाव तथा छूवाछूत बिरुद्धको अभियानमा लाग्न आग्रह गरे । उनले तालिममा अधिकतम दाङ्गकै स्थानीय श्रोत र शाधन प्रयोग गरिएको भन्दै आयोजकलाइ धन्यवाद ब्यक्त गरे ।
प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभबिृद्धिका लागि दुइदिने तालिमको समापन कार्यक्रममा बोल्दै लिडरशिप एकेडेमिक नेपाल ९लान०का सिनियर प्रोग्राम म्यानेजर प्रभाकर प्रधानले दलित तथा आदिवासी जनजातीको पहिचान र अधिकारका क्षेत्रमा लुम्बिनी प्रदेशमा कार्यरत संघसंस्थाहरुको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका सिनियर प्रोग्राम म्यानेजर प्रधानले दुइदिने तालिमका क्रममा सहभागीहरुमा प्रोजेक्ट प्लानिंग, इम्प्लीमेन्टेशन, फाइनेन्सियल मैनेजमेन्ट, नेतृत्व बिकास र वकालत क्षमतामा बृद्धिहुने विश्वास ब्यक्त गरे । सो तालिममा लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने १८ संघसंस्थाका २७ जनाको सहभागिता रहेको थियो ।























