गैर सरकारी संस्थाद्वारा मन्त्री आचार्यलाई बधाई तथा स्वागत
सुग्रीव बरई
तौलिहवा, जेठ २० गते । गैर सरकारी संस्था महासंघद्वारा नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरन्द्रराज आचार्यलाई बधाई तथा स्वागत गरिएको छ । कार्यक्रम गैर सरकारी संस्थाका अध्यक्ष प्रविण कुमार श्रीवास्तवको अध्यक्षता, मन्त्री आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको हो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघकी प्रदेश अध्यक्ष शुशिला बेलवासे, मानव अधिकार रक्षक संजालका प्रदेश संयोजक रबि ठाकुर लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा गैर सरकारी संस्थाहरुको समस्या, चुनौती तथा माँगहरु महासंघको तर्फबाट कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र रावलले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन महासंघका सचिव राम शरण रैदासले गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















