मायादेबी गाउपालिकाको साढे ३ करोडको प्रशासनिक भवन मन्त्री आचार्यले उदघाटन गर्ने
कपिलवस्तु २० जेठ
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर १ पकडीमा साढे ३ करोड लागतका निर्माण गरिएको प्रशासनिक भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सरेन्द्रराज आचार्यले गर्ने भएका छन । जेठ २१ गते बिहान १० बजे मन्त्री आचार्यले भवनको उदघाटन गर्ने कार्यक्रम तय भएको गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानले बताए ।
गाउँपालकिाको वडा नम्बर १, पकडी स्थित आफ्नै जग्गामा गाउँपालकिाको साढे ३ करोडमा भवन निर्माण भएको हो । आफ्नै भवन नहुदाँ गाउपालिकाले ३ स्थानमा लिएको भाडाको घरमा एक लाख बढी भाडा तिर्दै आएको छ । १० कठ्ठा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण गरिएको हो । सेवा प्रवाहलाई प्रभावकारी र छटिोछरितो होस् भन्ने उद्देश्य सहति सुवधिा सम्पन्न आफ्नै भवन बनाइएको उनले बताए ।
निर्बतमान गाउपालिका अध्यक्ष बजरंगी चौधरीको पाला मै निर्माण सुरु भए पनि अहिले आएर मात्र भवन निर्माण संपन्न भएका हो । अव एउटै भवनबाट सेवा प्रवाह हुने र एकद्धार प्रणालीबाट कार्य गर्दा थप जनतामा सहजता आउने बताइएको छ । साढे तीन तलाको भवन निमाणकोे ठेक्का अर्याल नर्मिाण सेवा, कपिलवस्तुले पाएको थियो ।
भवन निर्माणको काम सम्पन्न भएको गाउँपालकिाका निमित्त प्रमुख प्रशासकीय अधकिृत प्रमेश्वर यादवले बताए । उनले अब प्रशासनिक काम संचालन गर्न सहज हुने बताए । ’ ३ ठाउमा कर्मचारी हुदा समस्या हुथ्यो अब भने सहज हुने भएको छ । ’ उनले भने । जिल्लाको १० पालिका मध्ये सुद्धोदन गाउपालिका र शिवराज नगरपालिकाको आफ्नै प्रशासनीक भवन नहुदा भाडामा छ ।























