नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिता पाउने बाटो खुल्योः मन्त्री आचार्य
कपिलवस्तु, २० जेठ
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नागरिकता बिधेयक पारित भए पछि बर्षौ देखि नागरिता बिहीन बनेकाहरुले नागरिकता पाउने बाटो खुलेको बताएका छन । राष्ट्रपतिले प्रमाणीकरण गरे पछि अब भने नागरिकताबाट बंचितहरुले नागरिकता पाउने उनले बताए ।
कपिलवस्तु नगरपालिकाले राखेको बधाई तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले यो बिधेयकको अनावश्यक बिरोध नगर्न आग्रह गर्दै नागरिताका कारण कैयो नागरिकता राज्यले प्रदान गर्ने धेरै सुबिधाबाट बंचित हुनु परेको बताए । पढाई रोजगारी बैकिंग सेवा लगातयका थुप्रै कार्यहरुबाट नागरिकताले गर्दा बंचित हुुन परेको उनले बताए । उनले वास्तविकले नागरिकका पाउनु पर्छ गैर नागरिकले भने पाउन नहुने उनले बताए । ‘ नागरिकता वास्तविकले पाउनु पर्छ, गैर नेपालीले भने पाउनु ह्दैन यसमा हामी सचेत हुनु पर्छ ’ उनले भने ।

उनले विकासमा पछि परको कपिलवस्तुमा ठुला परियोजना ल्याई विकास गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । समग्र जिल्लाको विकास नै आफनो ध्यय रहेको उनले बताए । जिल्लाका किसानको समस्या, बिकासको पछौटेपन आदी समस्या समाधानका लागि आफुले केन्द्रिय योजनामा जिल्लाका केहि बिकासका योजना सम्मिलित गराएको बताए ।
प्रदेश सरकारको योजनामा समेत कपिलवस्तु बिकासको लागि आवश्यक योजना राख्न पहल गरिने बताए । निर्वतमान काँग्रेस केन्द्रिय सदस्य तथा साँसद अतहर कमालले मानव बिकास सुचकाँकमा पछि रहेको कपिलवस्तु जिल्लाको बिकासमा मन्त्री आचार्यको पहल गर्नु पर्नेे बताए ।
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले देशको अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा आफुहरुले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार अगाडी बढ्ने बताए । सो अवसरमा मेयर पौडेलले समग्र जिल्लाको विकासमा मन्त्री आचार्यले पहल गर्नु हुने कुरामा आफुल ढुक्क रहेको बताए । सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तौलिहवाको कृषि देखि महिता सम्मको बाटो, बहादुरगंज देखि भवानी भिक्षु सम्मको बाटो लागतयका विकास निर्माणको काम छिटो छरितो गराउन ठोस पहल गर्न आग्रह गरे ।























