कपिलबस्तु, जेठ ३२ गते । जिल्लाको यशोधरा गाँउपालिका स्थित सुठौली भन्सार कार्यालयले भोली देखि सय रुपैया भन्दा बढीको सामानमा भन्सार लिने जननाएको छ । ली भन्सारले असार १ गते देखि सय रुपैया भन्दा बढी को सामान को भन्सार लिने गरि सुचना निकाल्ने तयारी गरेको भन्सार प्रमुख चुरा बहादुर सर्तुङ्गीले जानकारि दिनु भएको छ ।
बिहिवार प्रशासन कार्यालयमा उद्योग वाणिज्य संघले व्यवसायीहरु संगको अन्र्तक्रिया कार्यक्रममा व्यपारीहरुले सीमा नाकाहरुमा कडाई गर्नु पर्ने अग्राह गरेका थिए । यहाँका जनताहरु सिमा पारीको बजारमा जाँदा यहाका व्यपारीहरु समस्यामा परेकोले नाकामा कडाई गर्न उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताउनुभयो ।
सो अवसरमा प्रजिअ शंकरहरि आयार्यले व्यपारीहरुको समस्या प्रति गम्भीर रहेको बताउनुभयो । खुला सिमाका कारण यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।