लागुऔषध दुरुपयोग विरुद्धको प्रभातफेरी कार्यक्रम
आशा अधिकारी
कपिलबस्तु, असार ५ गते । कपिलबस्तुको तौलिहवामा लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यलय कपिलबस्तुको आयोजना र कपिलबस्तु नगरपालिकाका आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति बाबुराम आचार्य, प्रजिअ शंकरहरि आचार्य, नगर प्रमुख सुदीप पौडेल, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायत सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख एवम् प्रतिनिधी स्थानिय समाजसेवीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















