सुकइ काेहार

लुम्बिनी, ५ असार मर्चवारी गाउँपालिका वडा नं.१ को सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सरोकारवालाहरूको तर्फबाट सेमरा अधारभूत विद्यालय सेमराका प्रधानाध्यपक सुनिल प्रजापति, जबाहिर प्रसाद कुर्मी, सेवाग्रही मुन्शी हरिजन, बाँकेलाल मौर्या, जोखू पासवान लगायतले मुख्यतया शैक्षिक सुधार, विकास निर्माण र बजेट खर्चका बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा वडाको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष कृष्ण कुमार सिंहले एक नं. वडा अन्तर्गतका कुल १६ मध्ये १५ योजना तथा कार्यक्रम सम्पन्न भइसकेको बताए । उनले भने, “अहिले बाँकी रहेको एउटा मात्र योजना एक–दुई दिनमै सम्पन्नहुने स्थितीमा छ ।” वडाध्यक्ष सिंहले २०७९ साउन महिना देखि २०८० जेठ महिनाको ३२ गतेसम्म सम्पत्तिकर, मालपोत, घर–ग्गाबहाल कर, सिफारिस दस्तुर, अन्य दस्तुर तथा राजश्व गरि कुल तीन लाख ७१ हजार, १२ रूपैया असुलभइ गाउँपालकिाको बैंक खातामा दाखिला भएको बताए।

वडाध्यक्ष सिंहले सामाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक चार सय १६, दलित जेष्ठ नागरिक ६२, उमेर नपुगेका एकल महिला ५८, जेष्ठ नागरिक एकल महिला ३५, भिन्न क्षमता भएका २० गरि कुल जम्मा ६ सय ५१ जना लाभार्थीले सेवा लिनुभएको जानकारी गराए । उनले चालु आर्थिक वर्षमा जम्मा पाँच सय २१ वटा घटना दर्ता भएको बताए । उनले, सडक मर्मत तथा पिसीसी ढलान, स्वास्थ्य चौकी भवनमा प्लाष्टर रंगरोगन, बिद्युतीय स्प्रे टंकी बितरण, पशुपंक्षी खोप, ह्याण्डपाइप जडान, कुलो निर्माण र जेष्ठ नागरिकलाइ सम्मान कार्यक्रम गरिएको बताए ।

उनले वडामा सडकको अवस्था पहिलैदेखि नाजुक रहेको बताउदै यस आर्थिक वर्षमा सडक निर्माण कार्यलाइ प्राथमिकता दिइएको बताए । उनले भने, “बिनियोजित बजेटमा सेमरा आधारभूत बिद्यालयमा बिद्यार्थीका लागि गर्मीबाट जोगाउन पंखा जडान गरिएको सबैले देखेकै छौं ।” वडामा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा गाउँपालिका अध्यक्ष गया प्रसाद बरइ, प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराइ, वडाध्यक्ष कृष्ण कुमार सिंह, दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष छोटे प्रसाद हरिजन, वडासचिव हेम बहादुर थापा लगायतले जवाफ दिएका थिए। दलित सामाजिक बिकास केन्द्रको प्राबिधिक सहयोग तथा संस्थाका सदस्य चन्द्रिका हरिजनद्वारा संचालित कार्यक्रमको समापन गर्दै वडाध्यक्ष सिंहले वडामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिएका थिए ।