कृषि सामाग्री कम्पनी लिमिटेट तौलिहवा शाखाबाट सहुलियतको मल लगेर ससुराली लुकाउने सुद्धोदन गाउपालिका ३ ओम कृषि सहकारीका अध्यक्ष भागीरथी यादवलाई पक्राउ गरी अपचलन सम्बन्धी मुद्दा लगाएर प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसंधान अघि बाढइएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले जानकारी दिनुभयो ।
उनले कृषि सामाग्री कम्पनी लिमिटेडबाट साढे २९ क्युन्टल डिएपी र १४ क्युन्टल युरिया खरिद गरी लगेका थिएका । किनेको मल उनले सोही गाउपालिका वडा नम्बर ६ स्थित आफनै ससुराली बनारसी यादवको घरका पुर्याएका थिए ।
उनले बढी पैसा लिएर सो मल मध्ये केही बोरा डिलर र अन्य मानिसहरुलाई बेचे । कृषकहरुले यो कुरा थाहा पाए पछि गाउभरी हल्ला चल्यो । सामाजिक संजालमा समेत यो कुरा बाहिर आयो ।
त्यस पछि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद गर्यो । प्रहरीले छापा माुर्न अघि उनले ३२ बोरा मल भने बेची सकेका थिए ।
https://lumbinisamay.com/2023/07/18/19030/