सय वर्ष पुरानो पाटी संरक्षणको पखार्ईमा
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिका वडा नं. ५ स्थित सय बर्ष भन्दा पुरानो पाटी संरक्षणको पर्खाईमा रहेको छ । पाटीहरु प्रायः गरेर बाटामा निर्माण हुने गर्दछन् र व्यापारी, तीर्थयात्री तथा पदयात्रीहरु पाटीमा आराम गर्ने तथा बास बस्ने गर्दछन् ।
तसर्थ पाटीहरु शहरी क्षेत्रमा भन्दा पनि विकट ग्रामिण क्षेत्र र ठूला ठूला व्यस्त रहेने बाटामा निर्माण गरिएका हुन्छन् । नेपालमा चांही काठमाण्डौ उपत्यककामा समेत पाटीहरु निर्माण गर्ने चलन धेरै पहिला देखि चलेको पाइन्छ । पाटीहरु सामान्यतय एक र दुई तला सम्मका हुने गर्दछन्, जसमा एक, दुई र तीन तिरबाट पर्खाल लगाइएको हुन्छ । कतिपय स्थानमा त पर्खाल नलगाई खम्बा मात्र गाडेर पनि पाटीहरु बनाइएको हुन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















