कपिलवस्तु १३ माघ
कपिलवस्तु नगरपालिका वडा नम्बर २ सागरटोल स्थित ज्येष्ठ नागरिक पार्कमा रहेको बुद्ध मुर्तिको सामुहिक पुजा गरिएको छ । एक महिना अघि ज्ञान माला भजन खल स्वयम्भू र चः मति नेवाः खलका सदस्यको सहयोमगा पार्कमा गौतम बुद्धको मुर्ति स्थापना गरिएको थियो ।
ती दूई दाताहरु सहीतको सय बढी सदस्यहरुको टोलीले पार्कमा सामुहिक प्रार्थना, भजन सहीत कामना गरेका थिए । बुद्धको मुर्ति कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अनावरण गरको थिए । अहिले बिधिवतरुपमा पुजापाठ र प्रार्थना गरी बुद्धलाई बिराजमान गराइएको छ ।
भिक्षु सागर द्म्भले बुद्धको प्रार्थना सहीत पाठ गराएका थिए । दाताहरुलाई पार्क समितिले भब्य स्वागत समेत गरेको थियो । पार्क समितिका अध्यक्ष माधवराज शर्माले दाताहरुसंग प्रत्यक्ष भेटघाट गरी स्वागत गर्ने मौका पाएकोमा खुशी लागेको बताए । उनले यस्तो आगामी दिनमा समेत यस्तो सहयोग जारी राख्नु पर्ने बताए ।