आज लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह, प्रधानमन्त्री आउनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ। रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली ११ बजे यहाँ आउने कार्यक्रम रहेको छ ।
बिहान रुपन्देहीको भैरहवा एयरपोर्ट आई लुम्बिनी जाने कार्यक्रम तय भएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले बताउनुभयो । सो दीक्षान्त समारोहलाई सम्बोधन गरी प्रधानमत्री ओली शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको उहाँको भनाइ छ।
विश्वविद्यालयको कार्यक्रम बिहान १० बजे देखि नै शुरु भएको आयोजक लुम्बिनी विश्वविद्यालयको पदाधिकारीहरुको भनाइ छ । दीक्षान्त समारोहमा २८९ जना विद्यार्थी दीक्षित हुने आचार्यले बताउनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल, प्रकाशमान सिंह, शिक्षामन्त्री विद्या भट्टराई, मुख्यमन्त्री, ६ जना राजदूतको समेत सहभागीता रहने रजिष्ट्रार तिलक आचार्यले बताउनुभयो ।



















