कपिलवस्तु, शिवराज।
जेठ ९ गते। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.८ लक्ष्मणपुरमा अवस्थित श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हुन। उहाले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि शैक्षिक सत्र २०८१ मा कक्षागत उपलब्धिको आधारमा उत्कृष्ट नतिजा ल्याउने ५५ जना विद्यार्थीहरुलाई शिवराज नगरपालिका वडा नं.७का वडाध्यक्ष अनुप कुमार चौधरीले वितरण गर्नुभएका हुन। साथै यस शैक्षिक सत्रमा सबैभन्दा बढी जीपीए ल्याई विद्यालयमा उत्कृष्ट हुने कक्षा १० मा अध्ययनरत ममता गुप्तालाई साईकल प्रदान गर्नु भएका हुन। कार्यक्रममा विद्यालयका प्रअ देवानन्द ठाकुरले वडाध्यक्ष चौधरीलाई धन्यवाद ज्ञापन दिदै सदैव सहयोग र सहकार्यको लागि आशा पनि व्यक्त गर्नुभएको हुन।
कार्यक्रममा स्थानीय समाजसेवी मदन चौधरी लगायत विद्यार्थी र विद्यालय परिवारको उपस्थितिमा पुरस्कार वितरण गरिएको हो।
















