प्रविधिमैत्री बन्दै सनलाइट स्कुल

Oplus_0

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, बगदीमा अवस्थित सनलाइट इंग्लिस बोर्डिङ स्कुल प्रविधिमैत्री बन्दै गएको छ। नयाँ शैक्षिक सत्रसँगै विद्यालयले अभिभावक र विद्यार्थीबीचको सम्पर्क सशक्त बनाउन प्रविधि आधारित नयाँ प्रणाली सुरु गरेको छ।

विद्यालयका प्रबन्ध निर्देशक सच्चिदानन्द त्रिपाठीका अनुसार अब हरेक अभिभावकले घरमै बसेर आफ्ना छोराछोरीको विद्यालयमा हाजिरी, गृहकार्य, कक्षा तथा परीक्षा तालिका, नतिजा, पाठ योजना, शिक्षक जानकारी, पुस्तकालय तथा विद्यालयका सूचना लगायत विविध जानकारी प्राप्त गर्न सक्नेछन्।

विद्यालयका पाँचवटै बसमा जडान गरिएको ट्र्याकिङ सिस्टममार्फत बसको वास्तविक लोकेसन तथा स्टपसमेत अभिभावकले हेर्न सक्ने व्यवस्था गरिएको विद्यालयकी प्रधानाध्यापक संगीता पाण्डेयले जानकारी दिइन्।

“आजको आवश्यकता प्रविधिमैत्री विद्यालय, शिक्षक र अभिभावक बन्नु हो,” त्रिपाठीले भने, “आगामी दिनमा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ।

प्रतिक्रिया
संबन्धित समाचार