पकडी स्वास्थ्य चौकीमा निःशुल्क आखा शिबिर, २ सय ५ जनाको आँखाको जाँच

कपिलवस्तु, जेठ १४ गते । कपिलवस्तुको मायादेबी गाउपालिका १ पकडी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिबिर संपन्न गरिएको छ । गाउपालिकाको सहयोगमा स्काई टेक्निकल प्रालि तौलिहवालको आयोजनामा एक दिने शिबिर संचालन गरिएको हो ।
शिबिरमा २ सय ५ जनाको आँखाको जाँच गरिएको र ४५ जनामा मोतिया बिन्दु देखिएको संस्थाका प्रबन्धक निर्देशक सुरेन्द्र यादवले बताए ।
शिबिरको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले बिपन्नलाई लक्षित गरी शिबिर संचालन गरिएको बताए । उनले आखाका बिरामीलाई गाउपालिका मै सेवा सुबिधा उपलब्ध गराउन पालिकाले शिबिरको अभियान नै चलाएको बताए ।
यस अघि वडा नम्बर ६, ८, ३, र ७ मा समेत आखा शिबिर संपन्न गरी सकिएको उनले बताए । उनले गाउपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । मोतिया बिन्दुका बिरामीको बुधवार नै तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रेशन हुने अध्यक्ष मुसलमानले बताए ।
निःशुल्क आखा जाच सहीत मोतिया बिन्दुको अप्रशेन समेत हुने भए पछि बिपन्न परिवार खुशी भएका छन । उद्घाटन समारोहमा गाउपालिकाका सामाजिक विकास अधिकृत बैतुल्लाह धुनिया, गाउपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव, लेखापाल गिरीराज गौतम लगायतको सहभागीता थियो ।

प्रतिक्रिया
संबन्धित समाचार