कपिलबस्तुमा १५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता जेठ १८ र १९ हुने
कपिलवस्तु, जेठ १५ गते । १५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता आउने जेठ १८ र १९ गते हुने भएको छ । बुद्धभुमी नगरपालिकाको र बाणगंगा नगरपालिकामा प्रतियोगीता गरिने भएको हो ।
लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य गोपीकृष्ण शर्माको अध्यक्षतामा तौंलिहवामा बसेको बैठकले बुद्धभुमी नगरपालिकाको बुढ्ढी खेलकुद मैदानमा एथलेटिक्स र बाणगां नगरपालिकाको भक्तौलीमा भलिबल र हिलबर्ड बोडिङ स्कुलमा मार्सल आर्टसका सबै प्रतियोगीता हुने भएको खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मीन प्रसाद पोख्रेलले बताए ।
१० पालिकाले राष्ट्रपति रनिङ शील्ड संपन्न गरी सकेका छन । त्यसमा बिजयी भएका खेलाडीहरु नै अहिलको प्रतियोगीतमा सहभागी हुने छन । अहिलेको प्रतियोगीतामा छनौट भएका खेलाडीहरुले प्रदेश स्तरमा सहभागी हुने पोख्रेलले बताए । पालिकाले जेठ १७ गते भित्र खेलाडीहरुको नाम दर्ता गराउनु पर्ने समयसीमा तोकिएको छ ।























