कपिलबस्तु नगरपालिका ५ स्थित कोटीग्राम माविमा ३४० विद्यार्थीलाई झोला वितरण

कपिलवस्तु, असार १३ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ५ स्थित गोटिहवामा रहेको कोटीग्राम माध्यमिक विद्यालयका ३ सय ४० जना विद्यार्थीलाई झोला वितरण गरिएको छ । विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री अभाव नहोस् भन्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिको समन्वय र वडाको सहयोगमा उक्त झोला वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा शाखा प्रमुख युवराज भुसालले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग पु¥याउने उद्देश्यले झोला वितरण गरिएको बताउनुभयो ।
वडा अध्यक्ष दिरेप कुमार चौधरीले विद्यार्थीलाई पठन पाठनमा प्रोत्साहन गर्ने खालका कार्यक्रमलाई वडा कार्यालयले निरन्तर प्राथमिकता दिने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव मंगल यादवले विद्यालय र अभिभावकको समन्वयमा शिक्षाको स्तर उकास्न सहयोग गर्न वडा कार्यालय सधैं तयार रहेको बताउनुभयो ।
झोला पाएपछि विद्यार्थीहरू उत्साहित भएका थिए भने अभिभावकले पनि यस कार्यक्रमलाई स्वागत गरेका छन् । सो अवसरमा वडा सचिव राधे श्याम चौधरी, वडा सदस्य जीत अलि, राम नयन चौधरी, सुनिता चौधरी, प्रेमा कोरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव मंगल यादव लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
संबन्धित समाचार