कपिलवस्तु, असार १९ गते । पोषणको अवस्थामा कमजोर रहेको कपिलवस्तुको अवस्था सुधारका लागि पौष्टिक खाना र ब्यवसाय आत्मनिर्भरताका लागि ३ दिने तालिम तौलिहवामा संपन्न गरिएको छ ।
पोषण मार्फत जीवन सुधार परियोना अन्र्गत आईडिई, कालिका सामाजिक विकास केन्द्र, श्रीकृष्ण ईनोभेसन संस्थाको सहयोगमा नारी शील्पकला केन्द्र तौलिहवाको आयोजनामा तालिम संपन्न गरिएको छ । तालिममा कुपोषण्मा परेका बालबालिकाहरुको ३५ अभिभावकहरुलाई पोषिलो खानेकुराको बारेमा जानकारी सहीत पकाउने तरिका समेत सिकाइएको थियो ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तुमा खाना नपाएर भन्दा पनि खाने तरिका नजानेर कुपोषणको समस्या देखिएको बताए । अन्नको भण्डार रहेको जिल्लामा कुपोषणको समस्या देखिनु आफैमा लज्जास्पद कुरा भएको उनले बताए । उनले कुपोषणको अवस्था सुधारका लागि अभिभवावहरु सजक हुनु पर्ने बताए ।
उनले अभिभावकहरुलार्इृ यस किसिमको तालिम दिइएको प्रति खुशी ब्यक्त गर्दै सिकेको कुरा ब्यवहारिक जीवनमा लागु गर्न उनले आग्रह गरे । तालिममा कपिलवस्तु नगरपालिका वडा नम्बर १म का अध्यक्ष मोहम्मद जाहिद खाँ, आईडिईका जंग बहादुर गुरुङ, परियोजना की कमला शुक्ला लगायतको सहभागीता थियो ।
तालिममा टीकाराम भट्टराई र प्रबिन भन्डारीले सहभागीहरुलाई पोषण्का बिषयमा जानकारी गराउदै पकाउने तरिका समेत सिकाएका थिए । कला केन्द्रकी अध्यक्ष मिथुला उपाध्यायको अध्यक्षतामा भएको थियो । सो अवसरमा संस्थाकी पुर्व अध्यक्ष माधुरी श्रेष्ठ जुनु शाही, लक्ष्मी श्रेष्ठ बिमला कहार महरा लगायतको सहभागीता थियो ।
















