लुम्बिनी समय । संवाददाता
कपिलवस्तु, असार ३०गते । साढे ४ दशक अघि निर्माण गरिएको बाणगंगा सिचाई प्रणालीलाई ब्यवस्थित रुपमा संचालन गर्नु पर्ने माग गरिएको छ । जिल्ला कै पुरानो र सबै भन्दा ठुलो सिंचाई आयोजनाका रुपमा रहेको बाणगंगा सिचाईको लागि बजेट र कार्यक्रम अभाव हुदा क्षमता अनुसार नहरहरु संचालन हुन नसकेको बाणगंगा जलउपभोक्ता मुल समितिले जनाएको छ ।
बाणगंगा सिचाई अन्र्तगत लक्ष्मणघाट बाध, जगदीशपुर जलासय, नहर संरचनाको संरक्षण र सरसफाई, जग्गा बिवाद लागयतको समस्या देखिए पनि बजेट, कार्यक्रम र समन्वय अभावले आयोजना ब्यस्थित र क्षमता अनुसार चल्न नसकेको मुल आयोजक समितिक अध्यक्ष मोहन शर्मा दहालले बताए । बाणगंगा सिंचाई ब्यवस्थापन कार्यालयले तौलिहवामा राखेको बाणगंगा सिंचाईको ब्यवस्थापनको बिषयका सरोकारवाला बिचको बैठकमा उनले सो कुरा राखेको हुन ।
यति ठुलो आयोजनका लागि बार्षिक रुपमा जम्मा ६ करोड रुपैया मात्र राखिनु दुःखद कुरा रहेको उनले बताए । १ सय ५७ हेक्टरमा रहेको जगदीशपुर जलायसको पुर्व तिरको भाग पुरै बालुवा, झारपातले पुरेकोले त्यहा क्षमता अनुसार पानी जम्मा हुन नसेको उनले बताए । जलासयको निर्माण भए देखि अहिले सम्म त्यहा सरसफाई समेत नगरिदा धेरै समस्या आएको उनले बताए ।
सिचाई प्रयोनजका लागि बनाइएको ताल बिश्व सिमसार क्षेत्रमा सुचीकृत र प्रदेशले समेत पंक्षी संरक्षण क्षेत्र बनाएकाले तालको पानी निकास गर्न समेत बाधा पुगेको उनले बताए । तालमा माछापालन डुंगा संचालन गरी आयआर्जन गर्न सकिने भए पनि बिभिन्न कानुनी अडचन र जटिलताले समस्या आएको उनले बताए ।
जगदीशपुर जलासय बहुसरोकार मंचका अध्यक्ष ललित गुरुङले सिचाई प्रणाली र जगदीशपुरलाई ब्यवस्थित बनाउनु पर्ने बताए । ताललाई आयआर्जनको माध्यम बनाउन तालमा डुंगा संचालन र माछापालन गर्न समेत दिनु पर्ने उनले बताए । उनले कृषकलाई चाहिएको बेलामा पानी दिने र ताल, चरा र जीवजंतुलाई असर नपर्ने गरी त्यहा आवश्यक कदम चाल्नु पर्ने उनले बताए । उनले वातावरणीय प्रभाव मुल्यांकन गरी आवश्यक कदम चाल्नु पर्ने बताए ।
सो अवसरमा जिल्ला समवन्य समितिका प्रमखु बावुराम आचार्यले जिल्ला कै सबै भन्दा पुरानो सिचाई प्रणालीका लागि आवश्यक बजेट उपलब्ध गराउनु पर्ने बताए । यो प्रणालीलाई सबै मिलेर ब्यवसिथत रुपमा संचालन गर्नु पर्ने उनले बताए ।
बाणगंगा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष करुण टंडन, वडा नम्बर ५ का अध्यक्ष दुनिका भुसाल, कपिलवस्तु नगरपालिका वडा नम्बर १०का अध्यक्ष मोहनलाल शर्मा , वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारीले नहरलाई ब्यवस्थित गरी कृषकहरुलाई चाहिएका बेला पानी उपलब्ध गराउनु पर्ने माग गरे ।
बाणगंगा सिंचाई ब्यवस्थापन कार्यालय की प्रमुख कोफुला श्रेष्ठले सबै सरोकारवालाले समेत बाणगंगा सिंचाईक ालागि पहल गर्नु पर्ने बताईन । ‘ यो सिंचाई प्रणालीलाई ब्यवस्थित बनाउनका लागि सबैले साथ र आवश्यक छ ’ उनले भनिन । ६ हजार ३५० हेक्टर सिचाई गर्ने यो सिंचाईलाई ब्यवस्थित गर्न आफुहरुले समेत पहल गर्ने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल र प्रजिअ दील कुमार तामाङले प्रतिबद्धता ब्यक्त गरेका छन ।