जसपा नेपालले भूमि विधेयकविरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौं । भूमि विधेयकका विरुद्धमा जनता समाजवादी पार्टी (जसपा), नेपालले सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गरी ९ भदौदेखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका छन् ।

‘भूमि विधेयकका विरुद्ध कडा प्रतिकर गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयक विरुद्ध देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शनमा सहभागी भइ सहयोग ‘।’, वक्तव्यमा भनिएको छ ।

५ भदौमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट अगाडि बढेको विधेयकले जनतालाई भन्दा पनि भू–माफिया, जग्गा दलालको हित हुने र तराईरमधेश मरुभूमिकरण हुने जसपा नेपालले जनाएको छ ।

भूमि सम्बन्धी अध्यादेशमा आएकै व्यवस्था राखेर विधेयक बनाइएको भन्दै जसपा नेपालले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार