कपिलबस्तु, भदौ १० गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ३ बाणगंगा नदिको रामघाटमा सोमाबार बेपत्ता भएको किशोरको शव फेला परेको छ । भैसंी फरकाउने क्रममा कपिलबस्तु नगरपालिका ३ डेरवाका १४ वर्षिय मोहन चौहान बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार रामघाटको हनुमान मूर्ति नजिकै नदी भित्रै शब सुरक्षाकर्मीको उद्धार टोलीले फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो “ सोमबार ३ घण्टा र आज ३ घण्टा खोजी कार्य गर्दा शव फेला परेको हो ।” शवलाई नदीले नबगाओस भनेर जाली समेत लगाईएको उहाँको भनाई छ ।
शवलाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल तौलिहवामा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।