कपिलबस्तु, भदौ १३ गते । कपिलबस्तुमा आईतबार सार्वजनिक विदा हुने भएको छ । यस क्षेत्रमा मनाइने महत्वपूर्ण पर्व बड्का आईतवारको अवसरमा जिल्लाको छ पालिकाले सार्वजनिक विदा दिइएका हुन् ।
जिल्लाको कपिलबस्तु, शिवराज, बाणगंगा, महाराजगंज नगरपालिका, मायादेवी, यशोधरा, विजयनगर र शुद्धोधन गाँउपालिका विदा दिइएका हुन् ।
सो दिन उक्त पालिकाहरुको कार्यालय तथा अन्तरगतका वडा कार्यालयहरु, आकस्मिक सेवा बाहेक (स्वास्थ्य संस्था), शैक्षिक संस्थाहरु एवं संघ संस्थाहरुमा विदा दिइएको छ ।