युनियनले स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने
सुग्रिव बरई
तौलिहवा, भदौ १४ गते । नेपाल निजामति कर्मचारी यूनियन कपिलबस्तु शाखाले विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । यूनियनको बैठकले सेवा दिवस भव्यताका साथ मनाउने तयारीस्वरूप विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकबाट भदौ १९ गते नेपाल निजामति कर्मचारी यूनियनको स्थापना दिवसमा बाल हंस सामबेद स्वर्गद्धारी आश्रम शिवराज ४मा रहेको बालबालिकाहरुलाई झोला(शैक्षिक सामाग्री) वितरण गर्ने निर्णय गरेको शाखाका अध्यक्ष झक बहादुर आलेले बताउनुभयो ।
त्यस्तै बैठकबाट भदौ २२ गते नेपाल निजामति कर्मचारी यूनियनको सेवा दिवसमा तौलिहवा स्थित बुद्ध पद्म र तौलेश्वरनाथ सांस्कृत मा विमा रहेको फरक क्षमता भएका बालबालिकाहरुलाई आवश्यक सामाग्री दिने निर्णय भएको अध्यक्ष आलेले बताउनुभयो ।
त्यस्तै बैठकबाट आसोज ३ गते ९ औ जिल्ला अधिबेशन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै बैठकबाट ९ औ जिल्ला अधिबेशनका लागि रामकृष्ण तेलीको अध्यक्षतामा तयारी समिति समेत गठन गरेको छ ।























