काठमाडौँ महानगरपालिका-१७ नयाँ बजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि-८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ पनि रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक तास सहित नियन्त्रणमा लिएको हो।

उनीहरूलाई  आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।