सिकन्दर राजा पहिलो पटक नम्बर १ एकदिवसीय अलराउन्डर बने

काठमाण्डाै – जिम्बावेका सिकन्दर राजा पहिलो पटक आईसीसी एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सिकन्दर राजा २ स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेका हुन् । यो वरीयतामा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई र मोहम्मद नाबी १/१ स्थान तल झर्दै दोस्रो र तेस्रो वरीयतामा छन् ।

यस्तै एकदिवसीय ब्याटिङ वरीयतामा भारतका शुभमन गिल शीर्ष, भारतकै रोहित शर्मा दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा यथावत् ।

यस्तै एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज शीर्ष, श्रीलङ्काका महेश तिक्षण दोस्रो र भारतका कुलदीप यादव तेस्रो स्थानमा छन् ।

यस्तै टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ । दीपेन्द्र एक स्थान तल झरेर तेस्रो स्थानमा छन् । यो वरीयतामा भारतका हार्दिक पान्ड्या शीर्ष र अफगानिस्तानका मोहम्मद नबी दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया
संबन्धित समाचार