कपिलवस्त, भदौ ३० गते । बिषम परिस्थितिमा जनताको रोकिएको काम अघि बढाउन जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले आग्रह गरेका छन । उनले १० पालिकालाई लिखित पत्राचार गर्दै जनताको काम छिटो अघि बढाउन र सेवा सुचारु गर्न आग्रह गरे ।
जिएनजि आन्दोलनका कारण जिल्लामा एक साता देखि पालिकाको कामकाज ठप्प छ । आईतवार जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिका पदाधिकारीसंग छलफल र बैठक पछि उनले पालिकालाई सेवा सुचारु गर्न आग्रह गरेको बताए ।
बुद्धभुमी, महाराजगंज, कपिलवस्त नगरपालिका र यशोधरा गाउपालिकाका कैयो जनप्रतिनिधिहरुले फेसबुक मार्फत दिएको राजीनामाको कुनै बैधता नभएको बताए । बैठकमा सहभागी जनप्रतिनिधिले डरत्रास तथा जिउ धनको सुरक्षाकालागि बाध्य भएर फेसबुकमा राजीनामा दिन बाध्य भएको बताएको आचार्यले जानकारी दिए ।
एक साता देखि पालिकाको कामकाज ठप्प हुदा सेवाग्राही मर्कामा परेकोले आफुले सेवा सुचारु गर्न लिखित आग्रह गरिएको उनले बताए । मेयर उप मेयर तथा गाउपालिका प्रमुख उप प्रमुख तथा वडाध्यक्षहरुले शान्ति सुरक्षाको प्रत्याभुति नभए सम्म काममा नफर्कने जनाएका छन ।
फेसबुकमा भष्ट्राचारी लुटेरा लगायतका लगाइएको आरापले आफुहरुको चरित्र हत्या भएको र त्यो आरोप पुष्टी गर्न उनीहरुले चुनौती समेत दिएका छन । बैठकमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरु बिरुद्ध कुनै प्रमाण भए प्रहरीलाई बुझाउन समेत आग्रह समेत गरिएको छ ।
बैठकमा प्रजिअ दिल कुमार तामाङले जन प्रतिनिधिहरुलाई शान्ति सुरक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । क्षतिको बिवरण संकलनकालागि फारम समेत उपलब्ध गराइएको थियो ।