कुदानको थाई मन्दिरमा आज निःशुल्क आँखा शिविर हुने

कपिलवस्तु । रोयल थाई मोनेस्ट्री लुम्बिनी, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, स्वर्णभूमि फाउन्डेशन तथा वाट थाई निग्रोधरामको पहलमा र नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोगमा निःशुल्क आँखा शिविर संचालन हुने भएको छ। शिविर आगामी मंसिर १७ गते आज बुधबार कुदान स्थित थाई मन्दिर परिसरमा आयोजना गरिने कार्यक्रमका अनुरोधक राजेश जावल्लीले जानकारी दिएका छन्।

शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। आँखा परीक्षण, परामर्श तथा आवश्यक परे विशेषज्ञ सेवा उपलब्ध गराइने आयोजकहरूले जनाएको छ। स्थानीयलाई आँखासम्बन्धी समस्या पहिचान र उपचार पहुँच सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको बताइएको छ।

शिविरमा सेवाग्राहीले निःशुल्क परीक्षणको सुविधा पाउने हुँदा कुदना तथा आसपासका सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेका छन्।

प्रतिक्रिया
संबन्धित समाचार