आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तु, मङसिर १९ गते । कपिलबस्तुको कुदनामा भएको निःशुल्क आँखा शिविरबाट ९ सय ७६ जनाले सेवा लिएका छन् ।
रोयल थाई मोनेस्ट्री लुम्बिनी, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, स्वर्णभूमि फाउन्डेशन तथा वाट थाई निग्रोधरामको पहलमा र नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोगमा उक्त शिविर भएको हो ।
सो शिविरबाट ३ सय १५ जनाको मोतिया विन्दुका अप्रेशन हुने लुम्बिनी विकास कोषका निवर्तमान सदस्य तथा वाट थाई कपिलबस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताउनुभयो । रोयल थाई मोनास्ट्री लुम्बिनीले कपिलबस्तुमा रहेका गरीब, दलित असाहय परिवारलाई विगत आठ बर्षदेखि निःशुल्क शिविर सञ्चालन गर्दै आएका उहाँले बताउनुभयो ।
यस्तै कपिलबस्तुमा विगत देखि नै आँखा शिविर लगायतको विभिन्न शिविरहरु गरिदै आएको रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले बताउनुभयो । त्यस्तै विगतमा कपिलबस्तुमा हाडजोर्नी शिविर, विद्यार्थीहरुको लागि झोला वितरण, कोरोना कालमा खद्यान्न तथा स्वास्थ्य सामाग्री लगायतको सहयोग गर्दै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया
संबन्धित समाचार