तौलिहवा(कपिलबस्तु), मङ्सिर २१ गते । जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुले विभिन्न ६ बुदे माग राख्दै तौलिहवा स्थित जिल्ला प्रशासन अगाडी विरोध प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको छ । जसपा नेपालले विरोध प्रर्दशन तथा धर्नाको क्रममा नाराबाजी समेत गरेको थियो ।
निर्वाचन क्षेत्र पुननिर्धारण,. पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागु, जेन जीको जायज माग पुरा गर, अन्दोलनको बेला गठन भएका न्यायीक समितीको छानबिन प्रतिवेदन सर्वजनिक, किसानलाई सहुलियत दरमा ऋण, मलखाद, बिउ बिजन उपलब्ध र प्रत्यक्ष निर्वाचित कार्यकारणी राष्ट्रपतीय व्यवस्था लागु गर लगायतको माग राख्दै उनिहरु आन्दोलित भएका हुन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुुदीप पौडेल, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, साधिका यादव, निसार अहमद खाँ, राम गोपाल यादव लगायतको सहभागीता रहेको थियो ।
भिडियोमा पनि हेर्नुहोस्
















