कटुवा पेस्तोलसहित फरार प्रतिवादी पक्राउ

तौलिहवा(कपिलबस्तु), मङ्सिर २२ गते । कपिलबस्तु प्रहरीले कटुवा पेस्तोल सहित फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले अदालतको फैसला कार्यान्वयनका क्रममा एक फरार प्रतिवादीलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार शिवराज नगरपालिका ४ चनईका ३२ वर्षीय रिजिवान अली शाहलाई विशेष सूचनाका आधारमा चन्द्रौटाबाट नियन्त्रणमा लिइएको बताउनुभयो । अदालतबाट जारी फैसलाको प्रक्रियामा रहेका शाहलाई नियन्त्रणमा लिएपछि प्रहरीले घरमा थप खानतलासी गर्ने क्रममा लुकाइ राखिएको एक थान भरुवा (कटुवा) पेस्तोल फेला पारेको उहाँको भनाई छ ।
पक्राउ परेका शाहबारे कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार