६६ वटा पोषण बगैचा निर्माण गरी पोषणको अवस्था सुधार गरीदै

लुम्बिनी समय । समाचारदाता
कपिलवस्तु, मंसिर २२ गते । कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ८ मधुनगर स्थित शारदा पासीको खेत हरियो साग सब्जीले भरिएको छ । आफ्नो खेतलाई पोषण बगैचाको रुपमा बिकसित गरी उनले बिभिन्न किसिमका मौसमी तरकारी खेती गरेकी छिन ।
ढेड कठ्ठा जति खेतमा उनले फुलगोभी, बन्दा गोभी साग भान्टा, धनिया, टमाटर, कुर्सानी लगायतको हरियो सागसब्जी लगाएकी छिन । तरकारी उत्पादनका लागि उनले आफैले पातपतिगंर र गोबरबाट बनाएको भर्मिक मल प्रयोग गर्छिन । यस्तै बिषादीकारुपमा आफैले घरमा निर्माण गरेको झोलमोल प्रयोग गर्छिन । २ बर्ष अघि सम्म सामान्यरुपमा खेतमा तरकारी खेती गरेकी शारदाले एक बर्ष अघि देखि भने पोषण बगैचाकारुपमा तरकारी लगाउदै आएको बताउछिन ।
एक बर्ष अघि सम्म पोषणका बिषयमा खासै जानकारी नभएकी उनी अहिले भने हरियो सागसब्जी खादा शरीरलाई ताकत मिल्ने र पोषण समेत मिल्ने बताउछिन । ‘खेतमा तरकारी फलेको छ यस्तै तरकारीबाट पोषक तत्व पाईन्छ, बिषदी पनि हालेको छैन, रासायिनिक मलको नि प्रयोग गरेको छैन ’ खेतमा फलेको हरियो तरकारी देखाउदै उनले भनिन् ।
एनपीएल÷१०८३÷०२२ बिएमजेड÷डब्लु एच एचर फारबार्ड नेपालको सहयोगमा कालिका स्वालम्ब सामाजिक केन्द्रको अगुवाईमा संचालित सुधारिएको खाद्य प्रणाली परियोजना मार्फत शारदाले सहयोग पाएकी हुन । बीउ बिजन र प्राबिधिक सहयोग तथा पोषण सम्बन्धी सचेतना पाए पछि आफुले पोषण बगैचा निर्माण गरी तरकारी उत्पादन गरेको बताईन ।
शारदा जस्तै यशोधरा गाउपालिकाको ८ वटा बडामा २४ जनाले पोषण बगैचा निर्माण गरी आफ्नो खेतमा तरकारी उत्पादन गर्दे आएको परियोजनाका सामाजिक परिचालक सुदामा मिश्रले बताए । पोषण बगैचा निर्माण गरेकोे देखासेखी पछि ६० बढी परिवारले आफ्ना खेतबारीमा तरकारी लगाएका छन ।
यशोधर मायादेबी र सुद्धोधन गाउपालिकाको २२ वडामा ६६ वटा पोषण बगैचा निर्माण गरिएका छन । यशोधरा, मायादेबी र शुद्धोधन गाउपालिका गरी २२ वडामा रहेका १ सय ८१ समुह मध्ये ६६ वटामा पोषण बगैचा निर्माण गरिएको कार्यक्रम अधिकृत अशोक चन्द्र लम्सालले बताए ।
यस्तै सोही परियोजना अन्र्तगत मधुनगरामै पासीलाई नलबाट खेर गएको पानीलाई संचित गर्न शोक्ता सहीतको हेण्ड पम्प उपलब्ध गराइएको छ । यस्तै परियोजना अन्र्तगत प्रबद्र्धन गरिएको समुहका बिपन्न दलीत परिवारलाई गाउपालिकाले खोर सहीतको चल्ला समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार