१४औं कपिलवस्तु डान्स आईडलको उपाधि समृद्धि पन्तलाइ

१६औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १४औं कपिलवस्तु डान्स आईडलको उपाधि समृद्धि पन्तले जितेकी छिन् । समृद्धिले फाईनलमा प्रवेश गरेका अन्य ३ प्रतिस्पर्धीलाई पछि पादै उपाधि हात पारेकी हुन् । उपाधि हात पारेसंगै समद्धिले चाँदीको टोपीसहित १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेकी छिन् ।

यस्तै खुशी थारु, अप्रिता पोख्रेल र गिताञ्जली मगरले क्रमश द्धितीय, तृतीय र सान्तवना स्थाल हासिल गरेका छन् । उनीहरुले क्रमश रु। ८१ हजार १ सय ८१, रु।६१ हजार १ सय ६१ र रु। ३१ हजार १ सय ३१ सहित ट्रफि मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्राप्त गरेका छन् ।

आयोजकका अनुसार साथै ४ जनाले राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डान्स आइडल अन्तर्गत १५ जना प्रतियोगीहरु स्टेज चढेका थिए ।

प्रतिक्रिया
संबन्धित समाचार