कपिलबस्तु । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति कपिलबस्तुले प्रतिनिधि सभाका लागि उम्मेदवारको छनौट गरेको छ । तौलिहवामा जिल्ला कार्यसमितिको बैठकबाट ३ वटै निर्वाचन क्षेत्रका लागि नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताउनुभयो ।
कपिलबस्तु क्षेत्र नं. १ का लागि अब्दुल रसीद खां, भगवानदास यादव, शैलेन्द्र कुमार यादव रहेको छन् । त्यस्तै क्षेत्र नं. २ का लागि सुदिप पौडेल, राम नेवास यादव, हरिशचन्द्र पाठक रहेका छन् ।
त्यस्तै क्षेत्र नं. ३ का लागि राम वरण प्रसाद यादव, सवित्रा वि.क. र शिव पुजन यादवलाई प्रतिनिधि सभाको निर्वाचन गर्न उम्मेदवार छनौट गरेको पार्टीले जनाएको छ ।

















