मोरङमा प्रहरी महानिरीक्षक कार्कीबाट न्यानो कपडा वितरण
मोरङ, पौष १६ गते ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले आज जिल्ला मोरङस्थित बुढीगंगा गाउँपालिकाका विभिन्न वडाका विपन्न तथा आवश्यकता भएका नागरिकहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ।
चिसो मौसमका कारण विशेष रूपमा बालबालिका, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गलाई समस्या नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरीका अधिकारीहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीज्यूले प्रहरी सेवा केवल शान्ति सुरक्षामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि केन्द्रित रहेको उल्लेख गर्नुभयो। उहाँले कठिन परिस्थितिमा समुदायसँग सहकार्य गर्दै मानवीय सेवामा सक्रिय रहन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो।
स्थानीयवासीहरूले प्रहरी संगठनबाट प्राप्त सहयोगले चिसो मौसममा राहत मिलेको भन्दै खुशी व्यक्त गरेका छन्।























